Home Blog Page 8

कसरी इसाई धर्म शास्त्रको नाम बाइबल हुन गयो ?

0

बाइबल धर्मशास्त्र संसारकै सवै भन्दा अलोकिक पुस्तक हो। यो अहिले सम्मकै सबै भन्दा बढि बिक्रि भएको पुस्तक हो भने सबै भन्दा धेरै भाषाहरूमा उल्था गरिएको पुस्तक पनि हो। बाइबल लाई नै आधार मानेर वर्तमान समयका धेरै नियम कानुन तथा शिक्षाहरू तयार गरिएका छन्। यसको अध्ययन गर्नेहरुलाई परमेश्वरले ज्ञान बुद्धि दिनुहुन्छ र जीवन तर्फ डोऱ्याँउदछ । विश्वासीहरूको विश्वास र आस्थाको जग धमशास्त्र बाइबल बनेको पाउँछौं । चौतर्फि प्रभाव पार्न सक्ने यस पुस्तको नाम बाइबल किन राखियो होला ? बाइबलको अर्थ के हो? موقع payeer سلوتس

 

बाइबल शब्दको अर्थ?

बाइबल नाम ग्रिक शब्द बिब्लोसबाट ठेट उल्था गरेर ल्याइएको हो जसको अर्थ पुस्तक हो। त्यसैले बाइबल को ठेट अर्थ पुस्तक तथा किताव भनेर जान्न सकिन्छ। ग्रिक शब्द बिब्लोस पनि बर्तमान लेवनानमा पर्ने समुन्द्रि किनामा रहेको प्राचिन शहर बिब्लोस बाट आएको मानिन्छ । यो शहर प्राचिन समयमा पुस्तक बनाउन प्रयोग गरिने पपाइरस (एक प्रकारको वनस्पति) निर्यात गर्ने ठाउँको रूपमा चिनिन्थ्यो । यहि बिब्लोस शब्दबाट वर्तमान अंग्रेजी शब्दहरू bibliography, bibiophile, library आदि आएक हुन्।

तर बाइबल भित्र नै यस पुस्तकलाई बाइबल भनेर कहिल्यै सम्बोधन गरिएको पाइदैन । बाइबल भित्र विशेष गरी धर्मशास्त्र, व्यवस्था, तथा अगमवक्ताका पुस्तक आदि भनेर उल्लेख गरेको पाउछौं । वास्तव मै भन्ने हो भने बाइबल धर्मशास्त्र एउटा पुस्तक नभएर पुस्तकहरूको संग्रह हो। बाइबल भित्रै समावेस गरिएको पुस्ताहरूलाई धर्मशास्त्रको भाग स्विकार गरिएको पाउछौं (२ पत्रुस 3 :16)। दोस्रो सताब्धि तिर परमेश्वरको बारेमा लेखिएका पुस्तक तथा पत्रहरूलाई सामुहिकरूपमा संग्रह गरेर एक रुप दिने प्रयास गरिएको पाउँछौं । यस्तै धर्मशास्त्रमा समेटिएका पुस्तकहरूको संग्रहलाई चौंथो सताब्धिका जोन ख्रिसोसटोमले पहिलो पटक ल्याटिन भाषामा ट बिब्लया भनेर नामाकरण गरेका थिए । बिब्लया ग्रिक शब्द बिब्लोस को ल्याटिन रूप हो। त्यस पछि धर्मशास्त्रको संग्रहलाई ग्रिकमा बिब्लोस र ल्याटिनमा बिब्लया भन्न थालियो जुन नाम कालान्तरमा अंग्रेजीमा बाइबल बन्न गयो । त्यसैले बाइबल नाम ले धमशास्त्रको पुस्तकहरूको संग्रह लाई बुझाउँछ।

बाइबल पुस्तक भित्र ६६ वटा पुस्तकहरु संग्रह गरेर राखिएको छ । यि पुस्तकहरु हजारौं वर्षको अन्तरालमा विभिन्न देशहरूमा रहेर विभिन्न भाषाहरूमा लेखिएका हुन् । यि पुस्तकहर 1600 वर्षको समयमा तयार भएको तर परमेश्वरको सत्यतालाई एक रूप दिने पुस्तक हरु हुन् ।

गुटेनवर्गले छापाखानाको विकास गरेर छापिएको पहिलो पुस्तकै बाइबल हो। अझै पनि बाइबलका हजारौं हस्तलिपि हरु सुरक्षित छन । हामी यो जान्न सक्छौं की हाम्रो हातमा भएको बाइबलमा कुनै कुरामा परिवर्तन नगरी हाम्रो हात सम्म आइ पुगेको छ। साँचै यो पुस्तक अलौकिक छ । यस लेखबाट हामीले बाइबल पुस्तकको वारेमा केहि जान्ने कोसिस गरेका छौं तर सवै भन्दा महत्व पूर्ण ज्ञान त हामिले यस पुस्तकलाई अध्ययन गऱ्यौं भने प्राप्त हुन्छ । बाइबल धमशास्त्र पढौं र असिसित बनौं ।

नेपालको पहिलो मण्डली रामघाट चर्च स्थापना कहिले कहाँ र कसरी भयो ?

0

अहिले नेपालका प्राय प्रत्येक जिल्ला, नगरपालिका, तथा गा. كونكر أونلاين نتائج مباريات اليورو 2023 वि.स. मा मण्डलीहरू भेटिन्छन् । परमेश्वरलाई धन्यवाद दिउँकी ति हामी धेरै नेपालीलाई प्रभुले आफ्नो राज्यमा बोलाउनु भएको छ । तर ७० वर्ष अघि नेपालमा इसाईको उपस्थिती लगभग सुन्य थियो। नेपालमा इसाई उपस्थितीको पहिलो खुट्किलो बनेको हो रामघाट मण्डली, पोखरा । रामघाट चर्च को स्थापना सन् १९५२ भएको हो जब कि १९६० को नेपालको जनगणनामा समेत इसाईको संख्या सुन्य देखाइएको छ । यस लेखमा हामीले रामघाट चर्चको स्थापना कसरी भयो भनि हेर्नेछौं ।

 

नेपालको पहिलो मण्डलीको स्थापना को जगनेपालको सिमाना भन्दा बाहिरबाट सुरु भएको हो। नेपाल भित्र पस्ने ढोका नखुलेको भएपनि १०० वर्षसम्म नेपालको सिमानामा रहेका भारतीय शहर हरुमा नेपालीहरूलाई सुसमाचार सुनाउने कार्यहरु भइरहेको थियो। तत्काल भारतमा रहेका नेपाली भाषिहरू जस्तै दार्जलिङ्ग , सिलोङ्ग आदि ठाँउका नेपालीहरुले प्रभुलाई पाएका थिए। नेपालबाट कामको सिलसिलामा या उपचारको लागि भारतिय शहर पुगेका कति नेपालीहरुले पनि प्रभुलाई पाएका थिए। सन् १९४३ मा डा. लिली ओ हान्लन र उहाँका सहकर्मिहरुले भारतमा नेपाल इभान्जलिस्टिक व्याण्ड नामक संस्था दर्ता गर्नु भयो र रक्सौल तथा शिलोङ्ग मा नेपाली विच सेवाकाई सुरुगर्नु भयो।

१प्‍९०मा दार्जलिङ्गको विश्वासी परिवारमा जन्मनु भएका डेभिड मुखिया पनि रक्सौल मै सेवाकाई गरिरहनु भएको थियो। उहाको हुनेवाला श्रीमती प्रेमी गुरुङ संग पनि रक्सौलमै सेवाकाइको क्रममा भेट भयो र पछि उहाँहरुको विवाह भयो। १९४१मा डेभिड र प्रेमी मुखिया पनि नेपाल इभान्जलिस्टिक व्याण्डमा जोइन हुनुभयो। कलकत्ताको एक सेवामा १९४३मा डेभिड मुखिया पास्टर अभिषेख हुनुभयो । यसरी नेपालको पहिलो मण्डलीको पास्टर नेपाल बाहिर परमेश्वरले तयार गरिरहनु भएको थियो।

नेपालमा प्रजातन्त्र आएपछि नेपालमा रहेका तत्कालिन ब्रिटिस राजदुतले नेपाल सरकार संग गरेको अनुरोधका कारण नेपाल इभान्जलिस्टिक व्याण्डले पोखरामा हस्पिटल खोल्ने अनुमति पायो । १९५२ मा नेपाल इभान्जलिस्टिक व्याण्डका सदस्यहरू भैरहवा सिमानाबाट नेपाल छिरे र दुइ महिना पछि डेभिड र प्रेमी पनि नेपालमा आउनु भयो ।

नेपाल इभान्जलिस्टिक व्याण्डका सदस्यहरु त्यसका अरु नेपाली कर्मचारीहरूको समुह लाई लिएर नेपालको पहिलो मण्डली को स्थापना भयो। सुरुमा बाँसको झ्याङग मुनि संगती गरिन्थ्यो । १९५२ नोभेम्बर मा नेपाल इभान्जलिस्टिक व्याण्डले बुद्धि सागर र पुतली गौतमबाट केहि जग्गा लिए। १९५५ मा खरको छाना भएको बाँसले बारेको चर्च भवनको निर्माण गरियो । दाउद मशिह, फिलिप गुरुङ्ग, बुद्धि सागर र पुतली गौतम उक्त मण्डलीका सुरुका नेपाली सदस्यहरू थिए। डेभिड मुखिया उक्त मण्डलीको मुख्य (senior) पास्टरको रूपमा आठ वर्ष सेवाकाई गर्नुभयो। मण्डलीले ठूलो वृद्धि हासिल गरिरहेको थियो। १९६० मा नजीकैको गाउँमा छोरी मण्डली पनि स्थापना भयो ।

Photo taken from book Biographical History of Church in Nepal

१९६१ मा द डेभिड र प्रेमी लाई देश छाड्ने आदेश आयो किनभने उहाहरुलाई तानसेनमा बप्तिस्मा दिएको अभियोग थियो । गह्रौं हृदय लिएर उहाँहरु सिमापारी जानुभयो र प्‍ वर्ष पछि फेरी पोखरा फर्किनु भयो र सोहि मण्डलीको पास्टर को रुपमा सेवा गर्नुभयो। नेपालमा मण्डली स्थापनाको काम यसरी संघर्ष र प्रभुको अनुग्रहमा अघि बढेको थियो।

नोटः

यो लेख निम्न श्रोत प्रयोग गरेर तयार गरिएको हो :

1. Cindy Perry, A Biographical History of Nepal, (Kathmandu: Nepal church history project, 1989)

2. Jonathan Lindell, Nepal and the Gospel of God, (Kathmandu: Pilgrims Book House, 1997)

3. Rajendra K. Rongong, Early Churches in Nepal: An Indigenous Christian Movement Till 1990, (Kathmandu: Ekta Books, 2012)

मदर टेरेसाको जीवनी ।

मदर टेरेसा अगष्ट २६, १९१० मा अल्बानियामा जन्मेकी थिईन् । तिनको जन्मको नाम अग्नेस् थियो । उनी १८ वर्षकी हँदा गरिबहरुको सेवा गर्न आजिवन अविवाहित रहने निर्णय गरिसकेकी थिईन् । त्यसैले १८ वर्षको कलकलाउदो उमेरमा १९२८ मा तिनी लरेटोका सिस्टरहरुको समूहमा मिसन आयरल्याण्ड गइन् । तर भारको दार्जीलिङमा काम गर्न उनलाई आयरल्याण्डबाट दार्जिलिङ पठाईयो । तिनले आजीवन अविवाहित रही गरिब र असहायहरको सेवामा समर्पण हुने  वाचा चाहिँ १९३७ को मे २४ दिन गरेकी थिईन । र अब सिस्टर टेरेसा भइन् । त्यही वर्ष कलकत्ताको सेन्ट मेरिज स्कूलकी प्रिन्सिपल बनिन् ।

१९४० को दशकमा कलकत्तामा धेरै उताव चढावहरु आए । सहरमा सुकुम्बासीहरुको सङ्ख्या आकाशिदै गयो, जातीय दङ्गाहरु, हिंसा र सामूहिक हत्याहरुले सहर निकै त्रसित बन्दैगयो । पश्चिम बंगालमा त्यति बेलामा आएको अनिकालको दशौँ हजार जनता भोकमारीमा परेका सिस्टर टेरेसाले देखेकी थिईन । अझ हिन्दु र मुसलवान बिच संघर्षले पाँच हजारभन्दा बढी मानिसहरु कलकत्तामा मात्र मरे । यी सबै  आपतहरुमा सिस्टर टेरेसाले सहायताको हात बढाउने मौका पाईन् । १९४६ को अक्टोबर १९ का दिन दार्जिलिङ जान रेलमा यात्रा गर्दै गर्दा उनले एउटा महत्वपूर्ण निर्णय गरिन् लरेटो सिस्टरहरुको समुहदेखी निस्केर कलकत्ताको सुकुम्बासहिरुको सेवा गर्ने अनुमति मागिन् । १९४८ मा मात्र उनले अनुमति पाईन र अगष्ट १६, १९४८ मा तिनले लरेटो समूह छाडिन् र सेतो साडी पहिरिएर पटनामा तीन महिने नर्स तालिम गरिन् । डिसेम्बर २१, १९४८ मा कलकत्तामा प्रथमपल्ट सुकुम्बासी स्कूल स्थापना गरिन् ।

कलकत्ताबाट सुरु भएको सेवा सारा संसारभरी फैलिदै गयो र तिनी सिस्टरबाट मदर बनिन् र आज निको सेवामूलक कार्य १३३ वटा देशमा ६१० वटा गृहहरु छन् र ४२०० भन्दा बढि सिस्टरहरु कार्यरत छन् । ४९ वर्षको अथक परिश्रम पछि ८७ वर्षको उमेरमा तिनले सेप्टेम्बर ५, १९९७ का दिन आफ्ना आँखा सदाको लागी चिम्लिईन । तिनको अनवरत सेवाको कदर गर्दै भारतले भारतको सबैभन्दा ठूलो पुरस्कार ‘‘ भारत रत्न’’ पनि प्रदान गरियो । विश्वभर पु¥याएको सेवाको कदर गर्दै तिनलाई सन् १९७९ मा नोबेल शान्ती पूरस्कार समेत प्रदान गरियो । तिनले भन्ने गर्थिन ‘‘ बिना शर्त नै गरिबहरुलाई माया गर र गरिबहरुको अनुहारमा येशूलाई देख्न सक ।’’ यही लक्ष्य राख्ने मदर टेरेसाले भन्ने गर्थिन् ‘‘ यदि चन्द्रमामा गरिबहर भए, हामी त्यहाँ पनि जानेछौँ ।’’ ‘‘ मलाई सबै गरिब देउ, उनीहरुलाई म जिवन दिन्छु । ’’ भन्ने यी मदर टेरेसाले साँच्चै नै १३३ देशका गरिब– गुरुवाहरुको सेवा गरी मानव मात्राको सेवा गर्न सम्पूर्ण मानवजातिलाई अकल्पनीय चुनौती दिएर गईन ।

मदर टेरेसाको अतुलनीय असाधारण सेवाको कारण तिनलाई ‘‘ संगी रहतिहरुका संगी, दयाका स्वर्गदुत, बसाहाराका सहारा, जीवित आमा आदि नाम दिइयो । हजारौँ बाबुबिनाका शिशु, बेसारा, अछुतजात, अपाङ्ग, बिना विवाह आमा बनेकाहरु, बिरामी, असहाय, घरविहीन, टुहुरा, त्यागिएका र तिरस्कृतहरुका आमा बनेर उनले सबैलाई मायाद्धारा ख्रिष्ट चिनाउन खोजिन् । जीवनभर उनी अर्काको लागी बाँचिनु । आफ्नो लागी केही गरिनन् ।

उनको मृत्यू हुँदा जम्मा दुइवटा साडी र एउटा ट्याङ्का मात्र उनको आफ्नो भन्ने सामान थिए भनिन्छ ।  Pope John Paul II भनेका थिए ः मदर टेरेसाले आफूलाई अरुको सेवा गर्नको निम्ती बल र लगनशिलता कहाँ बाट पाईन ? उनले यो कुरा प्रार्थना, येशू ख्रीष्टको मौन चिन्तनमा, उहाँको शुद्ध हृदयर र पवित्र आत्मामा पाईन ।

 

सन्दर्भ स्रोत ः

i) https://en.wikipedia.org/wiki/Mother_Teresa#Biography

विलियम केरीको जीवनी ।

विलियम  केरीे एडमंड र एलिजावेथ केरीका ५ जना छोराछोरी मध्ये जेठो छोरा थिए । विलियमको जन्म सन १७६१ अगस्त १७ मा इङलेण्डको पालेर्सपरीमा भएको थियो । विलियमको पिताले गाउँको स्कूलमा शिक्षक र स्थानिय मण्डलीमा सेवकको काम गर्दथे । सानै उमेरमा विलियम केरीलाई कडा परिश्र्रम गर्ने बालकको रुपमा चिनिन्थ्यो । उनले जुन काम आट्थे त्यो काम पूरा गरेर नै छोड्थे । उनको रोचक कुराप्रति धेरै रुची थियो । एकपटक विलियम चराको बचेरालाई हेर्न भनी रुखमा चढ्दै थिए । उनको खुट्टा रुखबाट फुसल्केर खस्न पुगे । अनि उनलाई चोट लाग्न पुग्यो । तब उनी घर गए अनि उनकी आमाले उनलाई मलम पट्टि गरिदिएर बेडमा आराम गर्नको लागी भनिन् । तर विलियम यति छिटै हार मान्ने खालका थिएनन् । उनि आफ्नो आमाको नजरबाट लुकेर बाहिर निस्के ।  जब आमाले उनलाई खोजीन तब विलियलले चराको बचेरोलाई हाथमा लिएर आइरहेको देखिन  । विलियमलाई यात्रा र खेलकुदमा पनि रुची थियो । कोलम्बस जो एक अन्वेषक थिए । जो विलियमको मनपर्ने व्यक्ति थिए । उनले प्रायःजसो कोलम्बसको विषयमा कुरा गरिरहन्थ्ये । जसकारण उनका साथीभाईहरुले उनलाई  कोलम्बस पनी भन्ने गर्थे । उनले प्रकृतिलाई प्रेम गर्थे । खेतका बिरुवा साथै चराचुरुङ्गी ल्याएर पनि तिनिहरुको अध्ययन गर्थे । तर यो भन्दा पनि उनी किताब पढ्न रुचाउथे । अनि उनलाई भाषाहरुमा पनि गहन रुची थियो । उनले बाल्यकालमा नै ल्याटिन भाषा अध्ययन गर्न सुरु गरिसकेका थिए ।

एउटा जूत्ता बनाउनेको रुपमा

विलियम  केरीले १२ वर्षको उमेरमा नै स्कूल जान छोड्नुप¥यो । किनभने गरिब परिवारमा हुर्केको कारण उनका बुवाले उनलाई उच्च शिक्षा पढाउन सक्ने क्षमता थिएन । त्यसपछि उनका पिताले १४ वर्षको उमेरमा नजिकैको गाउँ हैकलटनमा जुत्ता सिलाउने काम सिक्नको लागी विलियमलाई  क्लार्क निकोल्सको पसलमा पठाएका थिए । त्यतिबेला सम्म विलियमलाई येशू प्रति कुनै रुची थिएन् । यो वास्तविकता हो कि विलियम चर्चको क्वायरमा गित गाउथे । उनको परिवार चाहीँ एउटा असल ख्रिष्टियान परिवार थियो । विलियमले क्वायरका साथीहरु सित प्रायः झुठ बोल्ने, झुठो कसम खाने अनि अश्लिल कथाहरु सुनाउने गर्दथे । यद्दपी जोन वार नामको एउटा साथीको उत्तम गवाहीले विलियमलाई प्रायः जसो वेचेन गराईरहन्थ्यो । दिन बित्दै गयो अनी विलियमले  कहिलेकाहीँ प्रार्थना गर्न सुरु गरे । एकदिन उनले आफ्ना मालिकको १ मुद्रा खर्च गरिदिए । त्यसको बदलामा उनले खोट लागेको मुद्रा राखिदिए । जब उनको मालिकले त्यो कुरा थाहा पाए । अनि उनलाई सबैको सामुन्ने अपमानित गरिदिए । यो घटनाले उनलाई विनम्र बनायो साथै उनको हृदयमा परमेश्वरलाई कार्य गर्ने मौका मिल्यो । उनि पापको कारणले गर्दा आत्मागलानीले भरिए । उनको पास्टरले उनलाई सम्झाए की आराधनामा आउँदैमा अनि सोझो बन्दैमा एउटा असल ईसाई बनिदैन् । तर येशू ख्रीष्टलाई व्यक्तिगत जीवनमा स्वीकार गर्नले भईन्छ ।  यो कुरा सुन्दा झन उनी दुःखित बन्न पूगे । अन्तमा आएर उनी घुडा टेकेर पूकारा गर्न थाले । हे प्रभू येशू मेरो हृदयमा आउनुहोस । अनि मेरो पापलाई धुनुहोस् । म अहिले नै तपाईलाई ग्रहण गर्दछु । त्यही क्षण देखी केरीको हृदय परिवर्तन भयो । १९७९ मा जव केरीले काम गर्ने ठाउँको मालिक क्लार्क निकोल्सको मृत्यू भयो तब केरी अर्को स्थानियवासी थोमस ओल्डकहाँ काम गर्न गए । १७८१ मा विलियमले थोमसकी साली डोरथी सित विवाह गरे । डोरथी पढेलेखेकी थिइनन् । विलियम र डोरथीका ५ छोराहरु र २ छोरीहरु थिए । तर ति २ छोरीहरु बिरामीको कारण बाल्यकालमा नै मृत्यू हुन पूग्यो । केरी नवनिर्मित ब्याप्टिष्ट नामको स्थानिय संघमा सामेल भए । अनि उनको परिचय जोन राइलैंड, जोन सटक्लिफ र  एड्रयु फूलर सित  भयो । पछि गएर उनिहरु घनिष्ठ मित्र भए । केरीलाई उनीहरुले हरेक महिनाको दोस्रो आइतबार अल्र्स बार्टन नामको छिमेकी गाउँ स्थित आफ्नो मण्डलमिा प्रचार गर्न बोलाउथे । ५ अक्टुवर १७८३ मा जोन राइलैंडले विलियमलाई  बप्तिष्मा दिएका थिए । १७८५ मा विलियम जुत्ता सिलाउने र मर्मतको साथ – साथै इंग्लेण्डको मोल्टन शहरमा एउटा सानो मण्डलीको सेवक अनि स्कूलका शिक्षक पनि थिए । केरी भन्ने गर्थे मेरो मूख्य काम त प्रभू येशूको राज्य विस्तार गर्नु हो । जुता सिलाउने काम त आफ्नो जीविका चलाउनको लागी गर्छु । आफ्नो काम गर्ने ठाउँमा पनि उनले एउटा पूस्तक राखेका थिए । काम सँगै त्यो पूस्तक उनी पढ्ने गर्दथे । यस्तै गर्दागर्दै उनले यूनानी तथा ल्याटिन भाषा सिके । उनीले इब्रानी, फ्रांसीली, इटालियन तथा डच भाषाको पनी अध्ययन गर्न थाले । इब्रानी भाषा सिक्नको लागी दैनिक उनी नौ माइल हिड्नु पर्दथ्र्यो । १७८९ मा केरी हार्भी लेन ब्याप्टिस्ट चर्चमा पूर्णकालिन पाष्टरको रुपमा अभिषेक भएका थिए ।
त्यसको ३ वर्षपछी केरीले एउटा सानो पूस्तिका प्रकाशन गरे, जसको नाम थियो ‘ एन इनक्वाइरी’ जसमा ५ वटा पाठहरु थिए । ति पाठहरुमा त्यतिबेलाको मण्डलीले अभ्यास नगरेका र गर्नलाई गा¥हो मानेका कुराको जवाफ थियो । पहिलो पाठमा,  महानआज्ञाको बारेमा थियो । मत्ति २८ः१८–२० सारा संसारमा गएर चेला बनाउने पर्ने कुरा आज हामीलाई पनि हैन र ? अनि दोस्रो पाठमा,  मिसिनरी गतिविधीलाई  सुरुका मण्डली देखी लगेर अभ्यास गदै जोन वेस्ली र डेभिड ब्रेनर सम्म समाप्त भयो । के हामीले पनि यो कुराको अभ्यास गर्नुपर्ने होइन र ? अनि तेस्रो, जब केरी स्कूल शिक्षक थिए, त्यति बेला अरु देशको ठाउँहरु, धर्महरु, जनसख्या र रितिरिवाजको बारेमा लेखेका थिए । जो त्यतिबेलाका मण्डलीले चुनौती ठानेको थियो । अनि चौथो, मिशिनरीहरुलाई  पठाउनको लागी अरु देशमा भाषाको समस्या, साथै ज्यानको जोखिम छ भन्ने उनिहरुको कुराको जवाफ लेखेका थिए । अनि पाँचौमा,  ब्याप्टिस्ट सम्प्रदायको सोसाइटी गठन गर्ने विषयमा थियो ।

प्रभु येशूको सेवकको रुपमा

त्यो समय केरीले क्याप्टन कुकको समुद्री यात्रा सित सम्बन्धित पूस्तक पढ्दै थिए । अनि दक्षिण को समुद्री द्धिपमा असंख्य मानिसहरुलाई सुसमाचार सुनाउन  जाने आवश्यकताले उनलाई प्रभावित ग¥यो । उनले आफ्नाृे पसलमा हाथले बनाएका मानचित्र टाँगे । जसमा उनले विभिन्न देशहरुका नाम तथा जनसंख्या र विभिन्न मानिसहरुको जानकारी लिनको लागीे पढ्ने, लेख्ने काम गर्न थाले । प्रतिदिन उनि घुडा टेकी त्यो मानचित्रलाई हेर्दै जुन देशमा येशूको सुसमाचार पूगेको छैन त्यो देशको लागी प्रार्थना गर्थे । केरीको हृदयमा सुसमाचार सुनाउने तृष्णाले गर्दा निरन्तर आगो जलिरहन्थ्यो ।  उनले एउटा प्रार्थना समूह खडा गरे । जसले सुसमाचार नसुनेका मानिसहरुको निम्ति प्रार्थना गर्दर्थे । मिशनरी आवश्यकताको निम्ति अन्य सेवकलाई पत्र पनि लेख्थे । एकदिन साप्ताहिक संगतीमा उनले  विभिन्न देशमा भएका जातिहरुको निम्ति आफूभित्र सुसमाचारको बोझ रहेको भनि आग्रह गरे । तर त्यही मण्डलीका एक बरिष्ठ सेवकले झोक्किएर भने यहाँ बस जवान, यदि परमेश्वरले अन्य जातिलाई बचाउन चाहानुहुन्छ भने त हाम्रो सहायता विना पनि उहाँले यो काम गर्नसक्नुहुन्छ । यसरी केरीको सवै मण्डली परिवारको सामू अपमान गरियो । तर जुन केरीले बालकपन देखी नै हार नमान्ने सिकेका थिए । उनी आफ्नो बोझ र प्रयत्नमा निरन्तर बढ्दै गए ।
१७९२ मा व्याप्टिस्ट पास्टरिय वार्षिक सम्मेलनमा वचन प्रचार गर्नको लागी उनीले निमन्त्रणा पाए ।  उनको वचनको मूख्य शिर्षक थियो । परमेश्वर बाट महान कुराको अपेक्षा गर तथा परमेश्वरको निम्ति महान कार्य गर । यही केरीको जीवनलाई गतिमान बनाई राख्नको लाग िआदर्श वाक्य बन्यो । यो सभाको परिणाम स्वरुप व्याप्टिस्ट मिशिनरी सोसाइटीको स्थापना भयो । अनि उनिहरु पहिलो मिशिनरी पठाउने तयारी गरे ।

भारतमा केरी

 
केरीलाई एउटा मिशिनरीको रुपमा जानको लागी बाटो खुलिसकेको थियो ।  तर कहाँ जाने ? उनले दक्षिण द्धिप तथा पश्चिम अफ्रिका  जाने  विचार गरेका थिए । तर परमेश्वरले भने केरीलाई भारत पठाउन चाहानु भएको थियो । अन्तमा  परमेश्वरले डाः थोमस जो भारतमा आएर बसिसकेका थिए । उनलाई केरी सित भेट्न पठाउनुभयो । केरी ति व्यक्तिको उत्साहजनक कुराले यती धेरै प्रभावित भए की उनले ति व्यक्तिको साथमा भारत जाने निर्णय गरे । नवनिर्मित मिशिनरी सोसाइटीका अध्यक्षले केही अरु मानिसहरु सित यो प्रतिज्ञा गरे की हामी केरीलाई प्रार्थना साथै आर्थिक सहायता गर्नेछौँ । जब केरीले भारत आउने निश्चय गरेका थिए । त्यती बेला उनी ३३ वर्षका थिए ।
जव उनले भारत जाने कूरा आफ्नी पत्नी डोरथी सित गरे । तब उनले इन्कार गरिदिईन । त्यतिबेला उनको गर्भमा बच्चा थियो । तर पछि केरीको धेरै अनुरोध र उनको साथमा डोरथीको बहिनीलाई दिदिको हेरचाहको लागी लिने भनेपछि उनी साथमा आउनलाई राजी भईन । धेरै योजना तथा बाधाहरुका वाफजुत केरीले आफ्नो परिवार र डाः थोमसको साथमा १३ जुन १७९३ मा भारत आउनको निम्ति समुद्री यात्रा सुरु गरे । कठिन यात्राको वाफजुत नोभेम्बर मा केरी ले भारतको कलकत्ता शहरमा आफ्ना पाइला टेके ।  केरीको परिवार कोहीले पनि केरीको जुन भारतमा सुसमाचार प्रचार गरी येशूमा नयाँ आत्माहरु जित्ने बोझ थियो । यो बोझमा साथ दिएका थिएनन् । साथै उनका मित्र तथा आफन्तहरुले पनि सोचेका थिए की थोरै पैसा र थोरै जनाको सहायता पाएर अन्जान देशमा जानको लागी तयार हुने केरी पागल नै रहेछ । तर केरी भने उत्साह र आशाले भरपूर थिए । उनले आफ्नो लामो समुद्री यात्रामा नै बङ्गाली भाषा सिक्न सुरु गरिसकेका थिए ।  पछि गएर उनले हिन्दी, मराठी, फारसी तथा संस्कृत भाषा पनि सिक्न सफल भए । भारतमा आउन बित्तिकै उनले भारतवासीहरुलाई सुसमाचार सुनाउन  तथा बाइवललाई बंगाली भाषामा अनुवाद गर्न शुरु गरिसकेका थिए । वास्तवमा परमेश्वरले उनको भाषा प्रतीको पे्रमको माध्यमको कारण उनलाई यस महान काम गर्नको लागी तयार गर्नुभयो ।
भारतमा आए पछि पहिलो वर्षमा नै उनको परिवारमा एक एक गर्दै परिवारका सदस्यहरु  बिरामी हुन थाले । उनको छोरा पिटर जो पाँच वर्षको थिए । उनको ज्वरोको कारण मृत्यू भयो । कोही पनि हिन्दु अथवा मुस्लिम मानिसहरु चिहान खन्नको लागी  तयार थिएनन् । अन्तमा विरामीले कमजोर भएका केरीले आफैँ चिहान खन्न थाले । जब उनका दुई नोकरहरु आएर उनलाई मदत गरे तब धन्यवादको भावनाले केरीको आँखामा आँशू निक्लिए । जब पिटरको मृत्यू भयो डोरथी मानसिक रुपमा बिमार पर्न पूगिन । आफ्नो जीविका चलाउनको लागी केरी ले नील बनाउनेवाला कारखानामा प्रबन्धकको रुपमा काम गर्न सुरु गरे । उनी सित बाइवल छाप्नको लागी  छापाखाना थियो । केही समयपछि व्यवसाय ठप्प हुनाले उनको जागीर पनि गयो । तर पनि यी कुराले केरीलाई निराश बनाउन सकेन । उनिलाई सधैँ एउटै प्रश्नले घचघच्याई रहन्थ्यो की, म भारतलाई कसरी सहायता गरु ?

परमेश्वरले केरीलाई कसरी प्रयोगमा ल्याउनुभो

सात वर्षको कठोर परिश्रम पछी केरीले कृष्णपाल भन्ने एक सुतार व्यक्तिलाई प्रभूमा जीते अनि उनलाई बप्तिष्मा दिए । यद्दपी कृष्णपाललाई येशूमा विश्वास गरेको कारण दुःख भोग्नुप¥यो । तर उनी निष्ठावान बनिरहे र अरुहरुलाई पनी प्रभूमा जीत्न सके । त्यतिबेला भारतमा इस्ट इन्डीया कम्पनीले राज गर्दै थिए । त्यहाँका स्थानिय तथा ब्रिटिसहरुले सुसमाचार प्रचार गर्ने कुरामा धेरै नै वाधा ल्याए । तर केरी भने स्थीर भएर त्यो काममा लागिरहे । १७९८ मा इंलेण्ड बाट अरु ४ जना व्यक्तिहरु केरी सँगै काम गर्नको लागी आए । अनी उनीहरुले सेरामपुरमा ठूलो मिशन केन्द्र स्थापित गरे । जहाँ बाट सम्पूर्ण भारतमा सुसमाचार प्रचार गर्ने गर्थे । त्यो समयमा बालिकाहरुलाई शिक्षा दिने चलन थिएन । त्यसकारण केरी अनि उनको समूहले बालबालिका हरुको निम्ति स्कूल स्थापना गरेर शिक्षा दिन थाले ।ं १८०२ मा कृष्णपाल ( सुतार) को छोरीले ब्रामण केटा सित बिहे गरिन् । यो विवाह एउटा सार्वजनिक प्रदर्शन थियो जसलाई देखेर मण्डलीले जातिय भेदभाव त्यागेको थियो । त्यतीबेला भारतमा सती प्रथा बिगविगी छाएको थियो । जुन प्रथामा पतीको मृत्यू हुदा पत्नीलाई पनि जिउँदै चितामा जलाईन्थ्यो । यो प्रथालाई केरीले राजा राममोहन राय सित मिलेर सती प्रथाको अन्त्य गरेका थिए । त्यतिमात्र होइन बाल विवाह र बच्चालाई गंगामा फाल्ने कुसंस्कारलाई पनि केरी अन्त्य गर्न सफल बनेका थिए । केरीले ४० वटा भाषामा बाइवल अनुवाद गरेका छन । अनि तेलेगु, संस्कृती, मराठी र बङ्गाली भाषाको शब्दकोष लेखेका छन् । साथै केरी नेपाली भाषामा नयाँ करारलाई समेत अनुवाद गरेका थिए । जो नेपालमा प्रथम नेपाली पूस्तक बन्न पूग्यो । यसरी विलियमको १८३४ जुन ९ गतेका दिन ७२ वर्षको उमेरमा स्वर्गारोहन भयो । जब उनको स्वर्गारोहन भयो उनको दफनको लागी लिदा सबै धर्म र जातिका धेरै मानिसहरुको उपस्थिती थियो ।

सन्दर्भ स्रोत ः

i)  https://en.wikipedia.org/wiki/William_Carey_(missionary)

ख्रिष्टियन मिडिया सोसाइटीले ५ दिने निशुल्क तालिम सञ्चालन गर्ने ।

नेपाली भाषी ख्रिष्टियन मिडिया सोसाइटीले मिडियामा रूचि राख्ने तथा मिडियामा कार्यरत मिडियाकर्मीहरूको क्षमता अभिवृद्धिकाेलागि ५ दिने निशुल्क तालिम सुरु गर्न लागेको छ। आफ्नो फेसबुक पेज मार्फत इच्छुक व्यक्तिहरुलाई समयमा नै नाम दर्ता गर्नको लागी अनुरोध गरेकाे छ ।

सुनुवार जातिको आफ्नो खाना परिकार

आदिवासी जनजाति मध्येका एक कोइँच अर्थात् सुनुवार जाति नेपालको पूर्वी पहाडी जिल्लामा बसोबास गर्छन्। किरात धर्म मान्ने यो जातिका विभिन्न पर्वमा खाने खानाको परिकार पनि मौलिक छ।

श्याम सुनुवारले लामो समयदेखि सुनुवारी खानाको परिकार बनाएर बेच्दै आएका छन्। ललितपुरको ताल्चिखेलमा सुनुवारको सेकुवाघर छ। उनले बंगुरको सेकुवा बनाउनुका साथै सुनुवारी खानालाई पनि पहिचान दिन खोजेका छन्। उनी भन्छन्, ‘जातीय पहिचान जोगाउन खानेकुराको पहिचान पनि जोगाउनुपर्छ।’

सुनुवारी परिकार थुप्रै छन्। यिनमा गोर्माली, ऐरी, बटुक, दरौलाजस्ता खानेकुरा पर्छन्। यी खानेकुरा विभिन्न चाडपर्व र विशेष समारोहमा बनाइन्छ।

गोर्माली÷दूध रोटी

चामल र गहुँको रोटी यो परिकारमा पर्छन्। सुनुवारहरूले उभौली पर्व र माघेसंक्रान्तिमा खाने परिकार हो गोर्माली। यो परिकार बनाउने तरिका अलि फरक छ। चामल आधा पाकेपछि गहुँको पीठो डल्लो बनाएर त्यसलाई तोड्काभित्र पसाएर फरक स्वादमा गोर्माली परिकार बनाइन्छ।

 प्लेयत÷ऐरी

खस भाषाबाट ऐरी र सुनुवार भाषामा प्लेयत भनिने परिकार गहुँबाट बन्छ। सुनुवारहरू साउने संक्रान्तिमा यो परिकार खान्छन्।

बटुक

बटुक फापरको पीठोले बनाइन्छ। फापरको सुक्खा पीठो पोलेर या भुटेर बटुक खान सकिन्छ।

दरौला

दरौला मिठाई फापरबाट बनेको तीनतले रोटी हो। यो साउने संक्रान्तिमा खाइन्छ। यसलाई तरकारीको झोलसँग चोपेर खान सकिन्छ।

 चाम्रे

चाम्रे अर्थात् पहेँलो भात। भातलाई बेसार दलेर घिउमा भुटेपछि चाम्रे बन्छ। यो भातलाई बेसार दलेर पहेँलो बनाउनुको कारण भने भूतप्रेत, पिचास नलागोस् भन्ने हुँदो रहेछ सुनुवार जातिमा। सुनुवारहरूले विभिन्न चाडपर्वमा यो परिकार बनाउँछन्।

 भुजुरी अचार

लेकतिर पाइने गान्टे मुलालाई कोरेसोले भुजुरी बनाएर यो अचार बनाइन्छ। मावलीमा र सासूससुरालाई कोसेली पठाउन सुनुवारहरू यो परिकार बनाउँछन्। यसलाई पनि बेसार लगाएर पहेँलो बनाइन्छ।

रेब काल्सो

रेब काल्सो अर्थात् आलुको साँधेको अचार। आलु उसिनेर साँधेपछि रेब काल्सो तयार हुन्छ।

गुन्द्रुक अचार

गुन्दु्रकमा तेल, नुन र मसला हाली साँधेर यो परिकार बनाइन्छ।

पो से वाल्सो

पो अर्थात् बंगुरको मासुको परिकार। यसका धेरै परिकार बन्न सक्छन्। यसलाई साँधेर, पोलेर र पकाएर खान सकिन्छ। पूजाआजा गर्दा, बिहे व्रतबन्ध आदिमा यो परिकार बनाएर खाइन्छ।

अवाँ फ्राँ चोसो

सुनुवार जातिले कुखुराको पखेटाको मात्र पनि विभिन्न परिकार बनाउँछन्। अवाँ फ्राँ चोसो पनि यस्तै परिकार हो। यो परिकार पोलेर बनाइन्छ। पूजाआजा सकाएर पुसको अन्त्यतिर माघेसंक्रान्ति आउने समयमा यो परिकार खाइन्छ।

कार्रस अचार

गाउँतिर पाइने पहेँलो फूल फुल्ने एक प्रकारको झुसे घाँसलाई कार्रस भनिन्छ। अचार बनाउँदा यसलाई छोपका रूपमा पनि प्रयोग गरिन्छ। तर, यसको स्वाद तिलको जस्तो हुँदैन। केही अमिलो हुने यसको स्वाद बदामको जस्तो हुन्छ।

 पो के खोइल अचार

बुंगुरको खुट्टा गालेर बनाइएको अचारलाई पो के खोइल भनिन्छ। यसलाई १० महिनासम्म सुरक्षित राख्न सकिन्छ। विशेषगरी चाडपर्वमा र कोसेली पठाउँदा यसको प्रयोग बढी हुन्छ।

चिअर्स के स्यम

चिअर्स भनेको कोदो र स्यम भनेको कोदोको छ्याङ हो। धान रोप्नुभन्दा पाँचछ महिनाअगाडि नै छ्याङ बनाएर राखिन्छ। सुनुवारहरू सुत्केरी हुँदा, धान रोप्दा र चाडपर्वमा छ्याङ खाने गर्छन्। चिअर्स के स्यम भन्नाले कोदोको रक्सी भन्ने बुझिन्छ।

आत्मीक लडाईमा विजय हुन परमेश्वरका यी ७ वटा हातहतियारहरु

एफिसी ६ः१०–१८
१. सत्यको पेटी ः
सत्यले हामीलाई हाम्रो शरीर, संसार र सैतानबाट सुरक्षीत राख्दछ । सत्यले हामीलाई सम्झना गराउँछ की हाम्रो परीचय ख्रीष्टमा के छ भनेर । त्यसले गर्दा तपाई र मैले सत्यको पेटीले आफ्नो कम्मर कस्नुपर्छ । त्यसकारण हरेक दिन उहाँको सत्यतामा बढ्दै जानुहोस उहाँ सितको सम्बन्ध र उहाँको वचन अध्यनमा अनी सत्यको पेटीले आफ्नो कम्मर दैनिक कस्नुहोस् ।
२. धार्मिकताको छातीपाता ः रोमी सिपाहीहरु जहिले पनी छातीपाता लगाएका हुन्थ्ये । छातिपाताले उनिहरुलाई लडाईको बेला छातीमा लाग्ने गोली बाट सुरक्षीत गर्दथ्यो । त्यसरी नै हामीले पनि येशूबाट हामीले धार्मिताको छातीपाता पाएका छौँ । येशूले हामीलाई धार्मिकताको वस्त्र लगाईदिनुभएको छ । त्यसकारण दैनिक धार्मिकताको जीवन जीउने गरौँ । खराब कुरालाई इन्कार गर्दै परमेश्वरको वचनमा जरा गार्डौ । ताकी हामी शैतानका वाणहरु बाट सुरक्षीत रहन सकौँ ।
३ मिलापको सुसमाचारका जुत्ता ः
परमेश्वरले हामीलाई प्रेम गरी उहाँको पूत्र येशू ख्रीष्टद्धारा पापबाट छुटकारा दिनुभएको छ । अनी आज हामी ख्रीष्टद्धारा सृष्टिकर्ता सित हाम्रो मिलाप भएकोछ । हामीले उद्धारको सुसमाचार पाएको कारण हाम्रो गवाहीहरु अरुहरु लाई बाड्नुपर्छ । ताकी अरुहरुले पनि ख्रिष्टमा उद्दार पाउन सकुन । त्यसकारण हामी जहाँ जान्छौ त्यहाँ सुसमाचारलाई पनि लगी बाड्रने काम गरौँ ।

४. विश्वासको ढाल ः
सिपाहीहरुले ढालको किन प्रयोग गर्छन भने उनिहरुले दुश्मनले हानेको वाण बाट सुरक्षीत हुनको लागी त्यसरी नै हामी पनी सैतानले हामीलाई नष्ट पार्न र परमेश्वरको विरुद्धमा पार्न हामीमाथी प्रहार गरेका वाणहरलाई रोक्न विश्वासको ढाल उठाउनुपर्छ । हामी बुझ्नुपर्छ परमेश्वरले हाम्रो निम्ति जे गर्नुहुन्छ असल गर्नुहुन्छ । उहाँ आफ्नो प्रतीज्ञामा विश्वासयोग्य र सत्य हुनुहून्छ ।

५. मुक्तीको टोप ः
हामी इसाईका लागी मुक्तीको टोप महत्वपूर्ण हतियार हो । त्यसकारण हामीले बुझ्नुपर्छ कि एफिसी १ ः १३–१४ अनुसार हामीलाई प्रतिज्ञा गएिका अनुसार पवित्र आत्माको छाप लगाईएको छ । त्यसकारण हामी निश्चीत हुनुपर्छ की हामीलाई उहाँले पुर्ण उद्धार दिनुहुन्छ । पवित्र आत्मा हाम्रो उत्तराधिकारको वैना हुनुहुन्छ । त्यसकारण हामी यो कुरामा दोमन नगरी पवित्र आत्माको भरिपूरीमा मुक्तीको टोप पहिरिरहनुपर्छ ।

६. पवित्र आत्माको तरवार
अरु सबै हतियारले हामीलाई सैतानको वाण बाट सुरक्षा दिन्छन भने जुन पवित्र आत्माको हतीयार परमेश्वरको वचन हो । यसले दुश्मनहरुलाई प्रहार गर्दछ । जसरी येशू ख्रीष्टले लुका ४ः१–१२ मा सैतानले परिक्षा गर्दा उसलाई प्रहार गर्नुभएको थियो । त्यसरी नै हामीले पनी पवित्र आत्माको तरवार उहाँको वचनलाई प्रयोग गर्नुपर्छ । अनी यो हतियार चलाउनको लागी हामीलाई वचनको ज्ञान हुनुपर्छ । जुन दैनिक वचन अध्ययन र परमेश्वर सितको संगतीको आवश्यक पर्छ ।

७. प्रार्थना
प्रार्थना पनि परमेश्वर बाट हामीलाई महत्वपूर्ण हतियार हो । विना प्रार्थना हामी विजय हुन सक्दैनौ । किनकी हामी हाम्रै ज्ञान, शक्ती र बुद्धीले शत्रूलाई हराउन सक्दैनौ हामीलाई परमेश्वरको शक्ती चाहीन्छ । उहाँको उपस्थीती र उहाँको अगुवाईमा हामी शत्रूमाथी विजय प्राप्त गर्न सक्छौँ । त्यसकारण हाम्रो जीवन दैनिक प्रार्थनाको जीवन बन्नुपर्दछ ।

रश्मी सुनारको ‘असल गोठालो’ भिडियो गित सार्वजनिक ।

रश्मी सुनारको ‘असल गोठालो’ शिर्षकमा रहेको नेपाली इसाई गितको भिडियो उनको आफ्नै युटुव च्यानल Rashmi Sunar Official मार्फत सार्वजनिक भएको छ । गायक श्याम साहुको शब्द संकलन रहेको गितमा रश्मी सुनारले स्वर दिएकी छिन भने उक्त गितलाई सन्दीप राईले एरेन्ज गरेका छन् ।

 

ऐतिहासिक नेपाली इसाई ज्ञानी शाहको जीवनी ।

ज्ञानी शाहको जन्म जुन १५ १९२३ अर्थात बि. بى اوت بث مباشر स १९८० असार १ मा सल्यानको माल्टा भन्ने ठाउँमा भएको हो । २२ औँ,२४ राज्य हुदाको बेला राजदरबारमा जन्मेकी ज्ञानी १ वर्षको उमेर हुदा नै आमाको निधन भएपछि उनलाई मामाघर काठमाडांैमा उनको बज्यैले ल्याईन । जब उनी ९ वर्षको पुगेकी थिईन त्यतीबेला राणा समुदाय भित्र नै विवाद भएपछि बि क्लासका राणाहरु छरप्रस्ट हुँदा उनी आफ्नो मामाघरको बज्यैँको बहिनी सित भारतको दार्जिलिङ हुदै बनारस पुगिन । भारतको बनारसमा बस्दैगर्दा एकपटक दशैको बेला रातमा जुनको उज्यालो कोठाभित्र आएको देख्दा उनको मनमा जोगीनी बन्ने चाहाना आयो । अनी उनी त्यती नै बेला घरबाट भागेर बनारस बाट कलकत्ता जानको लागी ट्रेनको यात्रा गर्न थालिन । जब विहान ६ बजेतिर पटना स्टेशनमा पुगिन । तब उनको मनमा लाग्यो कि मेरो परिवारले पक्कै पनी मलाई खोज्न आयो होलान भन्ने ठानेर पटनामा उर्लिएर साँझको ट्रेनमा जाने योजना बनाई स्टेशमा उर्लिएर अगाडी बढ्दा एकजना नेपाली चौकिदारलाई देखिन । अनी चौकिदार आएर बहिनी कता जान लागेको भनि भन्दा उनी आफू कलकत्ता साँझको ट्रेनमा जान लागेको बताएपछी ति नेपालीले आफूकहाँ खाना खान जानलाई भनेपछी ति चौकिदार सित गईन । तर पछि थाहा गर्दा त ति चौकिदार बेचविखन गर्ने दलाल पो रहेछन् । त्यही क्र्रममा एकजना ख्रीष्टियान महिलाले उनलाई देखे पछी ति दलाल बाट लुकाएर सुरक्षीत ठाउँ मिसन हस्पीटल पटनामा पठाइदिइन जहाँ उनको श्रीमान डाक्टर थिए । मिसन हस्पीटलमा बस्दा केही दिन उनले स्वीपरको काम गर्न थालिन र पछी गएर उनले डाक्टरको परिवारको निम्ती खाना पकाइदिने काम गर्न थालिन । डाक्टरको परिवार सितको घुलमिल र बाइबलको वचनको प्रभावले उनले येशूमा विश्वास गर्न पुगिन । जुन खाना पकाईदिने काम उनको जातीले गर्न सुहादैनथ्यो त्यो काम उनले विना गुनासो आनन्द साथ गरिन । उनले भनेकीछिन परमेश्वर जान्नुहून्थ्यो कि म उच्च खान्दानमा जन्मेकी हु र म मेरो उच्च खान्दानमा भएको भए उहाँलाई स्वीकार गर्दैनथे । त्यसकारण उहाँले नम्र बनाईदिनुभयो जसकारण आज मैले उहाँलाई चिन्न पाएकी छु । उनी खाना पकाउँदै बाइवलका पदहरु सिमेन्टको भुइमा लेखेर कण्ठ गर्थिन । जसकारण उनले मत्ती र मर्कूसको सुसमाचारको पुस्तक पुरै कण्ठ गरेकी थिईन । उनले १८ अगस्त १९४३ मा पानीको बप्तीष्मा युनियन ब्याप्टीस्ट चर्चमा लिईन । त्यसपश्चात उनी १ वर्षको लागी बाइबल तालिम गर्न कलकत्ताको सेरामपूरमा गईन । बाइबल तालीम पुरा गरेर फर्केपछी उनी नर्सिङ पढ्नको लागी बिएमएस हस्पीटल भिवानीमा गईन । २ वर्षको नर्सिङ पढाई पश्चात जसीधी भन्ने ठाउँमा हस्पीटलमा काम गर्न थालिन । साथै उनले त्यहाँ वचनको शिक्षा पनी सिकाउन थालिन । उक्त हस्पीटलमा काम गर्दैगर्दा उनलाई टि.बी लाग्न पुग्यो जसकारण उनलाई उपचारको निम्ती नयाँ दिल्लीको अलमोरा भन्ने ठाउँमा दुई वर्षको लागी पठाइयो । तर टि. هل الربح من الانترنت حقيقي ويسترن يونيون مول العرب बी निको हुदा पनी उनलाई ज्वरो आउन चाहीँ कहिल्यै छोडेन । अनि डाक्टर पनि ख्रीष्टियान भएकोले डाक्टर आएर सर्धै भन्ने गर्थे शाह जी अरु सब कुरा ठिक भयो तर यो ज्वरो चाहीँ निको भएन तपाई र परमेश्वर विच के कुरा भइरहेको छ हो । त्यो समय उनले नेपालको बारेमा पत्रीकामा पढ्ने गर्थिन नेपालको अवस्था त्यतीबेला एकदम खराब थियो । जसकारण उनको नेपाल आउने इच्छा त थिएन । तर एकदिन उनले प्रभू सित भनिन प्रभू म निको भए भने नेपाल जान्छु । जब उनले त्यो कुरा प्रभू सित प्रतिज्ञा गरिन उनको २ वर्ष देखी लगातार आएको ज्वरो अर्को दिन बाट निको भयो । त्यहाँ निको भए पछी उनी पटना फर्किइन । अनि डाक्टर र आफ्नो साथीहरुलाई नेपाल जाने कुरा बताईन तर उनको साथीहरु र डाक्टरहरुले नेपाल नजाउ त्यहाँ त अहिले ख्रीष्टियानहरु प्नि छैनन् । तिमीलाई गाह्रो हुन्छ भने तर उनले नेपाल जाने नै निर्णय गरेपछी उनी सन १९५३ मा नेपाल आएर पोखरामा नेव डिस्पेन्सरीमा नर्सको रुपमा काम गर्न थालिन ।
पछी गएर नाम परिवर्तन भई ( आइ एन एफ ) हुन पुग्यो । उनी फेरी सन १९५५ देखी युनाइटेड मिसन नेपालमा ५ वर्ष काम गरिन । नेपाल र इन्डीया गरी १८ वर्ष मिसनको काम पश्चात उनी सैनिक हस्पीटलमा सिनियर नर्सको रुपमा काम गर्न थालिन । उनी नेपाली सेनामा प्रवेश गर्ने पहिलो नेपाली महिला र पहिलो महिला क्याप्टेन बन्न पुगिन । उनी एलिजावेथ फ्राक्लीन र दार्जिलिङबाट आएका रोवर्ट कार्थक लगायतका अन्य मिसिनरीहरु सित डिल्ली बजारमा संगती गर्थिन । उनीले धेरै मानिसहरुलाई प्रभूमा डो¥याउने साथै मण्डली स्थापना गर्ने कुरामा सहयोग गर्ने काम गर्थिन । हाल नेपाल इसाई मण्डली ज्ञानेश्वर मण्डली यहाँ सम्म आउनमा पनी उनको महत्वपुर्ण योगदान छ । उनले आफ्नो घर सानेपामा पनी ज्ञानेश्वर चर्चको छोरी मण्डली पनि स्थापना गरेकी थिईन । उनले सामाजीक काम र सुससमाचारीय काम सुदुर पश्चीमको टिकापूर भन्ने ठाउँमा पनि लामो समय काम गरिन । यसरी नेपाल र नेपाली इसाई समुदायमा महत्वपुर्ण योगदान पु¥याएकी ज्ञानी ८ डिसेम्बर २०१२ मा ८९ वर्षको उमेरमा टिकापूरमा प्रभूमा विश्राम लिइन ।

स्रोत ः https://en.wikipedia.org/wiki/Gyani_Shah

पादरी गंगा प्रसाद प्रधानको जिवनी ।

पादरी गंगा प्रसाद प्रधानको जन्म ४ जुलाई १९५१ मा काठमाडौंको ठमेलमा भएको हो । उनी सानो हुँदा नै आमा राजमती प्रधानको निधन भएपछी १९ मे १८६१ मा उनका दाजु र बुबा रुपनारायण प्रधान सित भारतको दार्जिलिङमा बसाईसराई गरे । मध्यम वर्गिय परिवारमा हुर्केको कारण गंगाले कोइला बोक्ने काम गर्दर्थे । एकदिन सुपरभाइजरले तिमिले ल्याएको कोइला थोरै भयो भने पछी काम छोडेर १९ वर्षको उमेरमा स्कटल्याण्ड बाट आएका अङग्रेज पादरी म्याकफार्लेनले खोलेको प्राथमिक स्कूलमा ४ जुलाई १८७० भर्ना हुन गए । तर आर्थिक स्थीती कमजोर भएको कारण काम नगरी खान नपुग्ने भएपछी उनकी सानीआमाले ३ महिनामा नै स्कूल छोडाइ दिइन । गंगा प्रसादलाई स्कूलमा नदेखेपछी पादरी म्याकफार्लेनलेन उनको घरमा गई सोध्दा आर्थीक स्थीती कमजोरको कुरा आएपछी म्याकले आफूले नै गंगाको खुराकी दिने भनेपछी उनकी सानी आमाले स्कूल पढ्नको लागी अनुमती दिईन । जसकारण उनी २ अक्टुवर १८७० मा पुनः स्कूल भर्ना भए । गंगा पढाईमा अती रुची राख्ने र ज्ञानी थिए । जसकारण उनी ९ महिना पश्चात उक्त स्कूलमा नानिहरुलाई पढाउनको निम्ती २० जुलाई १८७१ दिन अर्को शिक्षकको अनुपस्थीतीमा शिक्षकको नियूक्ती पाए । ख्रीष्टियान मिसनेरी सितको सम्पर्क र प्रभाव साथै बाइबलमा लेखिएका कुराको प्रभावको कारण येशूलाई व्यक्तिगत मुक्तीदाता भनेर ग्रहण गरी २४ जनवरी १८७५ मा भारतको इलाहावादमा गई श्री विनकुपको हातबाट बप्तीष्मा लिए । तर बप्तिष्मा लिएर घर फर्कदा उनका दाजूले उनले येशूलाई विश्वास गरेको कुरा थाहा पाएपछी घरबाट बहिस्कृत गरे । घर बाट निकालिए पछी उनी पत्रपत्रिका अनुवाद गर्ने काम पाए र त्यसको १ वर्ष पश्चात उनले एलिजावेथ राईलाई विवाह गरे र उनका २ छोरा र ६ छोरीहरु जन्मीए । गंगा प्रसाद सन १९०० मा दार्जिलिङको सन्त कोलम्बा चर्चको सहयोगी अगूवा नियुत्त भए । अनी सन १९०१ मा उनलाई उक्त चर्चको पादरीको रुपमा अभिषेक गरियो । उनी नै पहिलो नेपाली पादरी बन्न पुगे । म्याकफार्लेन सितको संगतको कारण उनी हिन्दी र अङ्ग्रेजी भाषा सिक्न पुगे । नेपाली भाषामा बाइबल नभएको कारण संगतीमा हिन्दी भाषामा बाइबल पढ्नुपर्ने भएकोले नेपाली भाषामा नै बाइबललाई अनुवाद गर्ने निर्णय गरी २० वर्षको अथक प्रयास पश्चात नयाँ र पूरानो करार बाइबललाई अनुवाद गरी सन १९१४ मा प्रकाशनमा ल्याए । उनले अङग्रेजहरु बाट छापाखाना किनेर त्यसको नाउँ गोर्खा प्रेस राखे । उनले १९०१ देखी मासीक पत्रीका गोर्खे कागज खबर पनी सुरु गरे । जुन नेपालको गोर्खापत्र दैनिक भन्दा अगाडी सूरु भएको थियो । उनले उक्त पत्रीकालाई ३१ वर्ष सम्म निरन्तरता दिएका थिए । उनी अङग्रेजी – नेपाली शब्दकोशका सह–लेखक सम्म बने । साथै विभिन्न सुसमाचार पत्रपत्रीका अनुवाद गर्नुका साथै भजन गित पनि लेखे । उनले लेखेको एउटा भजन जुन आज नेपाली मण्डलीहरुमा गाउदै आएका छौँ प्रभूजी अर्जी मेरो सुनिलेउ भन्ने हो । उनलाई सन १९१४ मा नेपालमा सुसमाचार प्रचार गरेको आरोपमा राजा त्रीभूवनले देश निकाला समेत गरेका थिए । यसरी नेपाली इसाई जगतमा अवरणीय योगदान पु¥याउँदै आएका गंगाप्रसाद २८ मार्च १९३२ मा ८१ वर्षको उमेरमा प्रभूमा विश्राम लिए ।