कसरी इसाई धर्म शास्त्रको नाम बाइबल हुन गयो ?

बाइबल धर्मशास्त्र संसारकै सवै भन्दा अलोकिक पुस्तक हो। यो अहिले सम्मकै सबै भन्दा बढि बिक्रि भएको पुस्तक हो भने सबै भन्दा धेरै भाषाहरूमा उल्था गरिएको पुस्तक पनि हो। बाइबल लाई नै आधार मानेर वर्तमान समयका धेरै नियम कानुन तथा शिक्षाहरू तयार गरिएका छन्। यसको अध्ययन गर्नेहरुलाई परमेश्वरले ज्ञान बुद्धि दिनुहुन्छ र जीवन तर्फ डोऱ्याँउदछ । विश्वासीहरूको विश्वास र आस्थाको जग धमशास्त्र बाइबल बनेको पाउँछौं । चौतर्फि प्रभाव पार्न सक्ने यस पुस्तको नाम बाइबल किन राखियो होला ? बाइबलको अर्थ के हो? موقع payeer سلوتس

 

बाइबल शब्दको अर्थ?

बाइबल नाम ग्रिक शब्द बिब्लोसबाट ठेट उल्था गरेर ल्याइएको हो जसको अर्थ पुस्तक हो। त्यसैले बाइबल को ठेट अर्थ पुस्तक तथा किताव भनेर जान्न सकिन्छ। ग्रिक शब्द बिब्लोस पनि बर्तमान लेवनानमा पर्ने समुन्द्रि किनामा रहेको प्राचिन शहर बिब्लोस बाट आएको मानिन्छ । यो शहर प्राचिन समयमा पुस्तक बनाउन प्रयोग गरिने पपाइरस (एक प्रकारको वनस्पति) निर्यात गर्ने ठाउँको रूपमा चिनिन्थ्यो । यहि बिब्लोस शब्दबाट वर्तमान अंग्रेजी शब्दहरू bibliography, bibiophile, library आदि आएक हुन्।

तर बाइबल भित्र नै यस पुस्तकलाई बाइबल भनेर कहिल्यै सम्बोधन गरिएको पाइदैन । बाइबल भित्र विशेष गरी धर्मशास्त्र, व्यवस्था, तथा अगमवक्ताका पुस्तक आदि भनेर उल्लेख गरेको पाउछौं । वास्तव मै भन्ने हो भने बाइबल धर्मशास्त्र एउटा पुस्तक नभएर पुस्तकहरूको संग्रह हो। बाइबल भित्रै समावेस गरिएको पुस्ताहरूलाई धर्मशास्त्रको भाग स्विकार गरिएको पाउछौं (२ पत्रुस 3 :16)। दोस्रो सताब्धि तिर परमेश्वरको बारेमा लेखिएका पुस्तक तथा पत्रहरूलाई सामुहिकरूपमा संग्रह गरेर एक रुप दिने प्रयास गरिएको पाउँछौं । यस्तै धर्मशास्त्रमा समेटिएका पुस्तकहरूको संग्रहलाई चौंथो सताब्धिका जोन ख्रिसोसटोमले पहिलो पटक ल्याटिन भाषामा ट बिब्लया भनेर नामाकरण गरेका थिए । बिब्लया ग्रिक शब्द बिब्लोस को ल्याटिन रूप हो। त्यस पछि धर्मशास्त्रको संग्रहलाई ग्रिकमा बिब्लोस र ल्याटिनमा बिब्लया भन्न थालियो जुन नाम कालान्तरमा अंग्रेजीमा बाइबल बन्न गयो । त्यसैले बाइबल नाम ले धमशास्त्रको पुस्तकहरूको संग्रह लाई बुझाउँछ।

बाइबल पुस्तक भित्र ६६ वटा पुस्तकहरु संग्रह गरेर राखिएको छ । यि पुस्तकहरु हजारौं वर्षको अन्तरालमा विभिन्न देशहरूमा रहेर विभिन्न भाषाहरूमा लेखिएका हुन् । यि पुस्तकहर 1600 वर्षको समयमा तयार भएको तर परमेश्वरको सत्यतालाई एक रूप दिने पुस्तक हरु हुन् ।

गुटेनवर्गले छापाखानाको विकास गरेर छापिएको पहिलो पुस्तकै बाइबल हो। अझै पनि बाइबलका हजारौं हस्तलिपि हरु सुरक्षित छन । हामी यो जान्न सक्छौं की हाम्रो हातमा भएको बाइबलमा कुनै कुरामा परिवर्तन नगरी हाम्रो हात सम्म आइ पुगेको छ। साँचै यो पुस्तक अलौकिक छ । यस लेखबाट हामीले बाइबल पुस्तकको वारेमा केहि जान्ने कोसिस गरेका छौं तर सवै भन्दा महत्व पूर्ण ज्ञान त हामिले यस पुस्तकलाई अध्ययन गऱ्यौं भने प्राप्त हुन्छ । बाइबल धमशास्त्र पढौं र असिसित बनौं ।

Leave A Comment

Recommended Posts