पादरी गंगा प्रसाद प्रधानको जिवनी ।

पादरी गंगा प्रसाद प्रधानको जन्म ४ जुलाई १९५१ मा काठमाडौंको ठमेलमा भएको हो । उनी सानो हुँदा नै आमा राजमती प्रधानको निधन भएपछी १९ मे १८६१ मा उनका दाजु र बुबा रुपनारायण प्रधान सित भारतको दार्जिलिङमा बसाईसराई गरे । मध्यम वर्गिय परिवारमा हुर्केको कारण गंगाले कोइला बोक्ने काम गर्दर्थे । एकदिन सुपरभाइजरले तिमिले ल्याएको कोइला थोरै भयो भने पछी काम छोडेर १९ वर्षको उमेरमा स्कटल्याण्ड बाट आएका अङग्रेज पादरी म्याकफार्लेनले खोलेको प्राथमिक स्कूलमा ४ जुलाई १८७० भर्ना हुन गए । तर आर्थिक स्थीती कमजोर भएको कारण काम नगरी खान नपुग्ने भएपछी उनकी सानीआमाले ३ महिनामा नै स्कूल छोडाइ दिइन । गंगा प्रसादलाई स्कूलमा नदेखेपछी पादरी म्याकफार्लेनलेन उनको घरमा गई सोध्दा आर्थीक स्थीती कमजोरको कुरा आएपछी म्याकले आफूले नै गंगाको खुराकी दिने भनेपछी उनकी सानी आमाले स्कूल पढ्नको लागी अनुमती दिईन । जसकारण उनी २ अक्टुवर १८७० मा पुनः स्कूल भर्ना भए । गंगा पढाईमा अती रुची राख्ने र ज्ञानी थिए । जसकारण उनी ९ महिना पश्चात उक्त स्कूलमा नानिहरुलाई पढाउनको निम्ती २० जुलाई १८७१ दिन अर्को शिक्षकको अनुपस्थीतीमा शिक्षकको नियूक्ती पाए । ख्रीष्टियान मिसनेरी सितको सम्पर्क र प्रभाव साथै बाइबलमा लेखिएका कुराको प्रभावको कारण येशूलाई व्यक्तिगत मुक्तीदाता भनेर ग्रहण गरी २४ जनवरी १८७५ मा भारतको इलाहावादमा गई श्री विनकुपको हातबाट बप्तीष्मा लिए । तर बप्तिष्मा लिएर घर फर्कदा उनका दाजूले उनले येशूलाई विश्वास गरेको कुरा थाहा पाएपछी घरबाट बहिस्कृत गरे । घर बाट निकालिए पछी उनी पत्रपत्रिका अनुवाद गर्ने काम पाए र त्यसको १ वर्ष पश्चात उनले एलिजावेथ राईलाई विवाह गरे र उनका २ छोरा र ६ छोरीहरु जन्मीए । गंगा प्रसाद सन १९०० मा दार्जिलिङको सन्त कोलम्बा चर्चको सहयोगी अगूवा नियुत्त भए । अनी सन १९०१ मा उनलाई उक्त चर्चको पादरीको रुपमा अभिषेक गरियो । उनी नै पहिलो नेपाली पादरी बन्न पुगे । म्याकफार्लेन सितको संगतको कारण उनी हिन्दी र अङ्ग्रेजी भाषा सिक्न पुगे । नेपाली भाषामा बाइबल नभएको कारण संगतीमा हिन्दी भाषामा बाइबल पढ्नुपर्ने भएकोले नेपाली भाषामा नै बाइबललाई अनुवाद गर्ने निर्णय गरी २० वर्षको अथक प्रयास पश्चात नयाँ र पूरानो करार बाइबललाई अनुवाद गरी सन १९१४ मा प्रकाशनमा ल्याए । उनले अङग्रेजहरु बाट छापाखाना किनेर त्यसको नाउँ गोर्खा प्रेस राखे । उनले १९०१ देखी मासीक पत्रीका गोर्खे कागज खबर पनी सुरु गरे । जुन नेपालको गोर्खापत्र दैनिक भन्दा अगाडी सूरु भएको थियो । उनले उक्त पत्रीकालाई ३१ वर्ष सम्म निरन्तरता दिएका थिए । उनी अङग्रेजी – नेपाली शब्दकोशका सह–लेखक सम्म बने । साथै विभिन्न सुसमाचार पत्रपत्रीका अनुवाद गर्नुका साथै भजन गित पनि लेखे । उनले लेखेको एउटा भजन जुन आज नेपाली मण्डलीहरुमा गाउदै आएका छौँ प्रभूजी अर्जी मेरो सुनिलेउ भन्ने हो । उनलाई सन १९१४ मा नेपालमा सुसमाचार प्रचार गरेको आरोपमा राजा त्रीभूवनले देश निकाला समेत गरेका थिए । यसरी नेपाली इसाई जगतमा अवरणीय योगदान पु¥याउँदै आएका गंगाप्रसाद २८ मार्च १९३२ मा ८१ वर्षको उमेरमा प्रभूमा विश्राम लिए ।

Leave A Comment

Recommended Posts